site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आजका लागि विदेशी मुद्राको विनिमय दर 

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । 

युरोपियन युरो एकको खरिदर १४५ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ । यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७४ रुपैयाँ ४० पैसा र बिक्रीदर १७५ रुपैयाँ १५ पैसा कायम गरिएको छ । स्वीस फ्र्यांक एकको खरिददर १५३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३४ पैसा तय गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९८ रुपैयाँ १४ पैसा, सिंगापुर डलर एकको खरिददर १०३ रुपैयाँ ३० पैसा र बिक्रीदर १०३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
 
जापानी येन १० को खरिददर ०९ रुपैयाँ ०८ पैसा र बिक्रीदर ०९ रुपैयाँ १२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३८ रुपैयाँ १९ पैसा कायम भएको छ ।
 
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १२ पैसा र बिक्रीदर चार रुपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्री दर ३१ रुपैयाँ ३९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६२ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १२ रुपैयाँ ९७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४५ पैसा र बिक्री दर १९ रुपैयाँ ५३ पैसा तोकिएको छ ।
 
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७ रुपैयाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ५० पैसा र बिक्रीदर ४५१ रुपैयाँ ४४ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ३७ पैसा र ओमनी रियाल एकको खरिददर ३६० रुपैयाँ ०४ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ६० पैसा निर्धारण भएको छ ।
 
यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको  छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ ।रासस

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  ०५:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro