site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
गजललाई हामीले हाम्रो बनाउन सक्नुपर्छ (भिडियोवार्ता)

ललिजन रावल चालिसको दशकदेखि गजलमा समर्पित सर्जक हुन् । उनी त्यसअघि कथा र कविताका क्षेत्रमा सक्रिय थिए ।

किशोरकालको केही समय भारतको मुम्बईमा बिताएका रावलले नेपाल आएपछि मात्र गजलका बारेमा थाहा पाए । र, गजल लेख्न थाले । वर्तमान समयमा उनी एक सिद्धहस्त गजलकारका रूपमा परिचित छन् ।

Argakhachi Cement Island Ad

रावल भन्छन्, “साहित्यमा विधाको कुनै सिमाना हुँदैन । देश हुँदैन । यो भाषाको हो भन्ने हुँदैन । त्यो त फैलिएर जाने हो ।”

गजल अनेक भाषामा लेखिएका छन् । “गजल हाम्रो होइन अरूको हो भन्ने कुरै हुँदैन,” उनी भन्छन्, “हो, त्यो गजललाई हामीले हाम्रो बनाउन सक्नुपर्छ, कुरो त्यति हो ।”

बाह्रखरीको यसपटकको ‘गजल गंगा’मा हामीले गजलकार ललिजन रावलसँग कुराकानी गरेका छौँ । भिडियोवार्ता हेर्नोस्–

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  ०८:११
प्रतिक्रिया दिनुहोस्