site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुधार केन्द्रमा युवकको ‘हत्या’, भवितव्य देखाउन सीसीटीभी गायब गर्ने प्रयास (भिडियोसहित)

काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–१, बैंकरोडस्थित नवजन्म सुधार केन्द्रमा मृत भेटिएका धीरेन्द्र भनिने प्रदीपप्रसाद मण्डलको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कलैया–९, रामपुरका ३२ वर्षीय मण्डलको शव शुक्रबार (फागुन २) बिहान फेला परेको हो ।

घटना शंकास्पद देखिएपछि प्रहरीले सुधार केन्द्रका सञ्चालकसहित सातजनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ । हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं एसपी सन्तोष तामाङले बताए ।

“लागुऔषध दुर्व्यसनी राख्ने सुधार केन्द्रमा परिवारले राखेका मण्डलमाथि त्यहीँका अन्य व्यक्तिहरूले कुटपिट गरेको देखिन्छ,” उनले बाह्रखरीसित भने, “सोही कारण उनको ज्यान गएको हाम्रो प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । थप पोस्टमार्टमबाट खुल्नेछ ।’’

घटना सुरुमै शंकास्पद लागेपछि एसपी तामाङकै नेतृत्वमा प्रहरी टोली सुधार केन्द्रमा पुगेको थियो । सुरुमा सञ्चालकसहित ६ जनालाई नियन्त्रणमा लिइएको थियो । प्रहरीले पछि थप एक गरी सातजनालाई पक्राउ गरेको छ । घटनामा संलग्न अरू दुईजना फरार रहेका उनले जानकारी दिए ।

पक्राउ पर्नेमा सुधार केन्द्रका सञ्चालकमध्येका कलैया–३ का १९ वर्षीय सर्फराज मन्सुर, कलैया–४ का २२ वर्षीय निरज सरार्फ छन् । यस्तै, कलैया–६ का २० वर्षीय महमद आशु मियाँ शेख, कलैया–१ का २४ वर्षीय अरुण शरार्फ, प्रमेश्वर साह, तमन्ना अली र सागर गुप्तालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

सुरज शेख र साहिल अली फरार छन् । उनीहरूले कुटपिट गर्दा मण्डलको मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनीहरूले मण्डलको मृत्युलाई भवितव्य देखाउन खोजेका थिए । सोही उद्देश्यले उनीहरूले सुधार केन्द्रमा जोडिएको सीसीटीभी क्यामेरा निकालेर फ्याँकेका थिए । तर, तत्काल आरोपित पक्राउसँगै प्रहरी सीसीटीभी फुटेज समेत ‘रिकभर’ गर्न सफल भएको छ ।

पक्राउ परेकाहरूले मण्डललाई कुटपिट गर्दै गरेको दृश्य सीसीटीभी फुटेजमा देखिएको एसपी तामाङले बताए । मण्डल १९ दिनअघि उक्त सुधार केन्द्रमा भर्ना भएको खुलेको छ ।

आरोपितमाथि थप अनुसन्धान जारी छ ।

सीसीटीभी फुटेजको भिडियो हेर्नोस्–

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १५:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro