site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जलवायु न्याय नेपालका लागि महत्त्वपूर्ण : मन्त्री शाही

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु न्याय नेपालका लागि निकै महत्त्वपूर्ण विषय भएको बताएका छन् ।

पोखरा विश्वविद्यालय स्कुल अफ इन्भाइरोमेन्ट साइन्स एन्ड म्यानेजमेन्टले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री ठकुरीले विकसित देशका कारण नेपालले जलवायु परिवर्तनको असर भोग्नुपरेको भन्दै जलवायु न्याय नेपालका लागि निकै महत्त्वपूर्ण विषय भएको बताए । 

Argakhachi Cement Island Ad

उनले उच्च हरितगृह उत्सर्जन गर्ने देशले जलवायु न्यायका लागि गरेका प्रतिबद्धतालाई अक्षरशः पालना गरेको नदेखिएको उल्लेख गरे । उनले अहिले जलवायु वित्त प्रवाहका लागि स्थापित भएका अन्तराष्ट्रिय कोषहरूबाट नेपालले लाभ लिन सक्नुपर्ने धारणा राखे ।

मन्त्री ठकुरीले अन्तराष्ट्रिय कोषहरूबाट आएको सहयोगको सही परिचालन गरी आयोजनालाई सफल बनाउन जरुरी रहेको जिकिर गरे । नेपाललाई जलवायु परियोजनासँग जोड्नका लागि अझै धेरै काम गर्नुपर्ने उनको भनाइ छ ।

उनले जलवायु परिवर्तनबाट सिर्जित वायु प्रदूषण प्रेरित असर न्यूनीकरण र नियन्त्रणका लागि मन्त्रालयले थप नीतिगत र संस्थागत सुधारका कामलाई प्रभावकारी ढंगले अघि बढाइरहेको जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्