site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीसँग ‘युनिभर्सल पिस फेडेरसन’का अध्यक्ष याङको शिष्टाचार भेट

काठमाडौ‌ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग युनिभर्सल पिस फेडेरसनका अन्तर्राष्ट्रिय अध्यक्ष डा‍. चार्ल्स एस याङले आज शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटका अवसरमा अध्यक्ष याङले आगामी अप्रिल १० देखि १४ सम्म दक्षिण कोरियामा हुने शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका लागि प्रधानमन्त्री ओलीलाई विशेष अतिथिका रुपमा निमन्त्रणा गरेका छन् ।

सुनहक शान्ति पुरस्कार फाउन्डेसनका अध्यक्ष समेत रहेका याङले नेपाल र कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठका अवसरमा उक्त सम्मेलनमा विशेष अतिथिका रूपमा उपस्थित भई सम्बोधन गरिदिन समेत आग्रह गरे ।

साथै, उनले दुई कोरियाबीचको शान्तिपूर्ण पुनःमिलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिदिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे । भेटका अवसरमा नेपाल परिवार दलका अध्यक्ष एवं संघीय सांसद एकनाथ ढकाल समेत सहभागी थिए ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro