site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिटिजन्स बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभीएफमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वात्सल्य नेचुरल आईभीएफबीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता भएको छ ।

सम्झौतासँगै सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले वात्सल्य नेचुरल आईभीएफमा दश प्रतिशतसम्मको आकर्षक छुट पाउने भएका छन् ।

यस सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ प्रोत्साहित हुने विश्वास बैंकको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको बताएको छ ।

विश्वकै प्रतिष्ठित अवार्ड 'बैंक अफ द ईयर २०२४' को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक 'सिटिजन्स फोनपे क्रेडिट कार्ड ' (भर्चुअलक्रेडिट कार्ड) सञ्चालनमा ल्याएको बताएको छ ।

बैंकले नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro