site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ग्यास उद्योगीको आन्दोलन स्थगित

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले विभिन्न माग राखेर बिहीबारदेखि आह्वान गरेको आन्दोलन स्थगित गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्रीसहितको छलफलपछि आन्दोलन स्थगित गरिएको संघका वरिष्ठ उपाध्यक्ष कृष्णभक्त श्रेष्ठले बताए ।

उद्योगमन्त्री दामोदर भण्डारीसहित नेपाल आयल निगमका सञ्चालक समिति पदाधिकारी तथा कर्मचारी र संघका पदाधिकारीबीच भएको छलफलपछि तत्कालका लागि आन्दोलन स्थगित गर्ने सहमति भएको हो ।

संघले आन्दोलन घोषणा गरेपछि मन्त्री भण्डारीले छलफलका लागि निगम र संघका पदाधिकारीलाई बोलाएका थिए । संघले लागतअनुसारको बजार मूल्य वृद्धि गर्नुपर्नेलगायत विभिन्न माग राखेर आन्दोलनको घोषणा गरेको थियो । संघले ६ वर्ष पहिलाको समायोजन गरिएकै मूल्यमा अहिले पनि ग्यास वितरण गर्दा घाटा व्यहोर्नुपरिरहेको भन्दै मूल्य समायोजनको माग राखेको थियो ।

मन्त्रालयले केही समयपहिला वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको संयोजकत्वमा समिति बनाएको थियो । सो समितिले पेस गरेको प्रतिवेदनको थप अध्ययन गर्न समय लाग्ने भएकाले संघको आन्दोलन १५ दिनका लागि स्थगित गर्ने सहमति भएको उपाध्यक्ष श्रेष्ठले बताए ।  

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro