site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१५ मिनेट रोकिएको संसद् बैठक सञ्चालन

काठमाडौं । १५ मिनेटका निम्ति स्थगित प्रतिनिधिसभा बैठकको कार्य अघि बढाइएको छ । मंगलबार (माघ २९) दोस्रो बैठक सुरु हुनासाथ सभामुख देवराज घिमिरेले प्रतिपक्षको मागका विषयमा छानबिन गरेर निष्कर्षमा पुग्ने बताए ।

“आजको बैठकमा यसअघि सभाबाट भएको निर्देशबमोजिम निष्कर्षमा पुर्‍याइने व्यहोरा जानकारी गराउँछु,” उनले भने ।

बैठकमा विशेष समय चलिरहेको छ । आजकै यसअघिको बैठकमा सभामुखको आसनमा रहेकी उपसभामुख इन्दिरा रानामगरले शून्य समय सकिएर विशेष समय सुरु भइसकेपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न समय दिएकी थिइन् । उनले बोलिसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले कुन नियमअन्तर्गत बोल्न दिइयो ? भन्दै आपत्ति जनाए । उनले खतिवडाको भनाइ रेकर्डबाट हटाउन माग गरे । त्यसपछि रास्वपा र नेकपा (माओवादी केन्द्र)का सांसदले आफ्नो आसनमा उभिएर विरोध गरे ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठक नियमानुसार नचलेको भन्दै आपत्ति जनाए । प्रतिपक्ष सांसदले खतिवडाको भनाइ रेकर्डबाट हटाउन माग गरिरहे ।

त्यसपछि सभामुख देवराज घिमिरे के भएको हो अध्ययन गर्न संसद् सचिवालयलाई निर्देशन दिइएको भन्दै अघि बढ्न खोजेका थिए । तर, रास्वपाका सांसदले बोल्न समय मागेपछि उनले बैठक स्थगन गरेका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro