site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उद्योगीको बचाउ गर्दै मन्त्री भण्डारीले भने– आफूखुसी सिमेन्टको मूल्य बढाएका होइनन्
Tiktok banner adTiktok banner ad

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्ट उद्योगीहरूले आफूखुसी मूल्य नबढाएको दाबी गरेका छन् । मंगलबार राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा बोल्दै उद्योगमन्त्री भण्डारीले मूल्य नबढाएको बताए ।

उनले उत्पादन लागतमा वृद्धिको साथै लोडसेडिङको कारण सिमेन्ट उद्योगीहरूले मूल्यवृद्धि गरेको उल्लेख गरे । सांसदहरूले लोडसेडिङ छैन भने पनि प्राधिकरणले तालिका बनाएर उद्योगहरूलाई दिएको दाबी गरे । उद्योगमन्त्री भण्डारीले विद्युत् प्राधिकरण सरकारभन्दा बाहिरको निकाय नभएको बताए । उद्योगको लागत मूल्यांकन गर्नेगरी समिति बनाएको उल्लेख गरे ।

सरकारले उद्योग जोेगाउने र मूल्य वृद्धि नियन्त्रण गरी जनतालाई राहत प्रदान गर्ने गरी काम गरिरहेको दाबी गरे । घाटा खाएर कुनै पनि उद्योगले सिमेन्ट उत्पादन गरेर व्यापार नगर्ने उनको भनाइ थियो । सरकारले पटक–पटक उद्योगी, व्यवसायी र निर्माण व्यवसायीहरूसँग छलफल गरेको उल्लेख गरे ।

"उद्योगीहरूले आफूखुसी मूल्य बढाएको होइन । उद्योग जोेगाउने र मूल्य वृद्धि पनि नियन्त्रण गरी जनतालाई पनि राहत प्रदान गर्ने समितिले निर्देशन गरोस् । सरकारले मान्छ । घाटा खाएर कुनै पनि उद्योगले व्यापार गर्दैन । घरबाट पैसा हालेर सिमेन्ट उत्पादन गरेर बिक्री गर्दैन," उनले भने "सिमेन्टको मूल्य वृद्धिको विषयमा मन्त्रालय गम्भीर छ । मन्त्रालयले पटक–पटक सिमेन्ट उत्पादक संघसँग बसेर छलफल गरेको छ । बाहिर बजारमा सतप्रतिशत बढ्यो भन्ने पनि छ । त्यो पनि सत्य होइन । विभिन्न उत्पादकका फरक मूल्य छन् ।"
 ।
समितिमा उद्योगमन्त्री र सांसदहरूबीच दोहोरो संवाद समेत भएको छ । मन्त्रीले समेन्टको मूल्यवृद्धि लोडसेडिङको कारणले भएको भनेर समितिमा जानकारी दिएसँगै दोहोरो संवाद भएको हो । सांसदहरूले समितिले सिमेन्ट उद्योगीहरूले गरेको मूल्यवृद्धिलाई सघाउन नसक्ने मन्त्रीलाई जानकारी गएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १६:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro