site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केसीको प्रश्न– विपीनको रिहाइका निम्ति सरकारले के गरिरहेको छ ?
चित्रबहादुर केसी । फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्यालेस्टाइनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका नेपली विद्यार्थी विपीन जोशीको रिहाइका निम्ति भइरहेको पहलबारे संसद्लाई जानकारी गराउन सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो माग गरेका हुन् ।

उनले भने, “इजरायल र हमासको बीचमा जुन द्वन्द्व भयो, त्यसबाट पचासौँ हजार मान्छे मरे । दुई पक्षबीच शान्ति सम्झौता भएपछि कैयौँ देशका गिरफ्तारीमा परेका नागरिक रिहाइ भए, तर कञ्चनपुरका विपीन जोशीको अत्तोपत्तो छैन । यसबारे सरकारले संसद्लाई जानकारी गराउनु पर्दैन ?”

उनले बाहिर विपीन जीवितै रहेको सुनिए पनि सरकारले औपचारिक जानकारी नदिएको बताए । विपीनको रिहाइका निम्ति सरकारले के प्रयत्न गरिरहेको छ ? भन्दै उनले प्रश्न गरे ।

“बाहिर बाहिर सुनिन्छ, उहाँ जिउँदै हुनुहुन्छ भन्ने । सरकारले जिउँदै हुनुहुन्छ भनेर मात्र जिम्मेवारी पूरा हुन्न,” उनले भने, “सरकारले उहाँको रिहाइको लागि सरकारले के प्रयत्न गरिरहेको छ ? कस्तो संघर्ष गरिरहेको छ ? यो संसद्लाई जानकारी होस् ।”

सन् २०२३ अक्टोबर ७ मा इजरायलमा हमास लडाकुले आक्रमण गर्दा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । चार नेपाली घाइते भएका थिए । विपीनलाई लडाकुले अपहरण गरेर गाजातर्फ लगेका थिए । उनको अवस्था अझै अज्ञात छ । न्युज एजेन्सी नेपालबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १५:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro