site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु
Tiktok banner adTiktok banner ad

धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित कोसीपुलमा भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

आज सोमबार चतराबाट धरानतर्फ आउँदै गरेको प्रनं १–०२–००२च ५४७९ नम्बरको भ्यानले सोही दिशाबाट आउँदै गरेको प्रनं १–०२–०५१ प ४९९५ नम्बरको स्कुटर चालकलाई ठक्कर दिँदा धनकुटा सहिदभूमि गाउँपालिका–१ का २५ वर्षीय सुमन राई गम्भीर घाइते भएका थिए । 
 
घाइते राईको बराहक्षेत्र–१ स्थित चतरा अस्पतालमा उपचारका क्रममा दिउँसो १ः३५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए । 

मृतकको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टमका लागि पठाइएको छ । 

ठक्कर दिई भागेका भ्यान चालक उदयपुर बेलका नगरपालिका–३ का २१ वर्षीय सविन साह तेलीलाई इलाका प्रहरी कार्यालय चक्रघट्टीले नियन्त्रणमा लिएको जनाएको छ ।रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  २०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro