site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन

काठमाडौं । चीनको हारबिनमा जारी नवौँ शीतकालीन एसियाली खेलकुदमा शनिबार नेपाली खेलाडीले सन्तोषजनक प्रदर्शन गरेका छन् ।

प्रतियोगितामा नेपालका तर्फबाट चार खेलाडीको सहभागिता थियो । तीमध्ये पुरुष स्लालममा सफलराम श्रेष्ठ सहभागी खेलाडीमध्ये २९औँ स्थानमा रहे । उनले दुवै रन एक मिनेट ५८.८६ सेकेन्डमा पूरा गरे ।

त्यसमा कुल ५८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । रन–टुमा दुई खेलाडीले प्रतिस्पर्धा नै पूरा गर्न सकेनन् । र, थप चार खेलाडी छनोट भएनन् । रन–वान ११ खेलाडीले पूरा गर्न सकेनन् । त्यसमा नेपाली खेलाडी चोवाङ मिङग्युर तामाङ पनि रहे । रन–वानमा अरू दुई खेलाडी छनोट हुन सकेनन् ।

महिलातर्फ सहभागी दुवै खेलाडीले स्पर्धा पूरा गरे । तीमध्ये देबोरा तिमल्सिना ३४ र लक्ष्मी राई ३५औँ स्थानमा रहिन् । देबोराले दुवै रन तीन मिनेट ७.०६ सेकेन्डमा पूरा गरिन् । लक्ष्मीले तीन मिनेट २२.१३ सेकेन्डको समय निकालिन् ।

स्पर्धा पूरा गर्ने कुल खेलाडी ३५ नै थिए । उनीहरूका पछाडि रन–टु पूरा नगर्ने तीन र रन–टुमा छनोट हुन नसक्ने तीन खेलाडी रहे । रन–वानमा भने दुई खेलाडीले स्पर्धा पूरा गर्न सकेनन् । र, दुई खेलाडी छनोट नै हुन सकेनन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  ११:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro