site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विपक्षीले एलन मस्कमाथि 'आक्रमण गरेपछि' ट्रम्पले के दिए जवाफ ? 

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याटिक पार्टीले एलन मस्कमाथि गरेको आक्रमणको जवाफ दिएका छन् ।  

उनले मस्कले अमेरिकामा फजुल खर्च रोक्न काम गरिरहेको र आफ्नो कुनै स्वार्थ नभएको बताएका छन् ।  अमेरिकाको विपक्षी डेमोक्र्याटिक पार्टीले ट्रम्प प्रशासनले सुझाव दिएका परिवर्तनहरूले एलन मस्कलाई फाइदा पुग्ने आरोप लगाएको थियो । 

मस्कको बचाउमा राष्ट्रपति ट्रम्पले अमेरिकी च्यानल फक्स न्युजसँग भने, “उनी (मस्क)ले यसबाट केही पाउँदैनन् । वास्तवमा, उहाँले यसका लागि कसरी समय निकाल्नुहुन्छ भन्ने कुरामा म छक्क पर्छु ।” 

ट्रम्पले मस्कको विभागले सरकारी दक्षता विभागले सैन्य र शिक्षा विभागको खर्चको अनुसन्धान गर्ने बताए । यो काम आगामी २४ घण्टाभित्र सम्पन्न हुनसक्ने सम्भावना रहेको उनले जानकारी दिए । 

ट्रम्पले भने, “हामी सेनामा अर्बौं डलरको ठगीको पर्दाफास गर्नेछौँ, नागरिकले मलाई यही कारणले रोजेका छन् ।” बीबीसी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  ०७:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro