site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘हरिबहादुरको जुत्ता’ पनि ‘फूलपाती’मा रिलिज हुने, दर्जन चलचित्र किन एकै दिन ?

काठमाडौं । चलचित्र ‘हरिबहादुरको जुत्ता’ले प्रदर्शन मिति तय गरेको छ । छायांकनमा रहेको चलचित्र दसैँको ‘फूलपाती’मा रिलिज हुने भएको छ । 

यो चलचित्रमा हरिवंश आचार्य र प्रकाश सपूत मुख्य भूमिकामा छन् । दीपेन्द्र के खनालले निर्देशन गरिरहेका छन् । 

“हरिबहादुर पनि जुत्ता फुकालेर यसपालिको दसैँ (फूलपाती)मा टीका लगाउन आउने भयो चलचित्र हरिबहादुरको जुत्ता” निर्देशक दीपेन्द्र फेसबुकमा लेख्छन् । 

Dabur Nepal
NIC Asia

‘हरिबहादुरको जुत्ता’ आउने भएसँगै यो दसैँमा रिलिजका लागि मिति तय गर्ने चलचित्रको संख्या आठ पुगेको छ । ‘परालको आगो’, ‘माइतीघर’, ‘१२ गाउँ–२’, ‘जारी–२’ ‘डबल ट्रिपल’, ‘महाराजधिराज’, , ‘माग्ने राजा’, ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’, ‘दशमी’ लगायत छन् । 

यी मध्ये ‘१२ गाउँ–२’ र ‘जारी–२’ र ‘बलिदान’ले भने औपचारिक रूपमा घोषणा गर्न बाँकी छ । 

‘१२ गाउँ’ रिलिज भइरहेका बेला बिराज भट्टले भने दसैँमा यसको सिक्वेल आउने घोषणा गरेका थिए । तर, ‘बलिदान’मा पनि समीर भट्ट नै हिरो रहेकाले बिराज पछि हट्ने सम्भावना छ । तर, ‘बलिदान’ दसैँमा आएन भने ‘१२ गाउँ–२’ले यो मिति नछोड्न सक्छ ।

दसैँमा चलचित्र रिलिज गर्ने तयारी रहेको यसबाहेकका अन्य केही निर्माता र निर्देशकले पनि बताइरहेका छन् । त्यसैले एक दर्जन सिनेमाले दसैँ रोज्दा को–को पछि हट्नुपर्ने हो त्यो भने यकिन छैन । 

केही निर्माता र निर्देशकले भने आफ्नो चलचित्रको हाइप बनाउन र ‘नोटिस’ गराउन पनि यसो गर्ने गरेको स्वयं चलचित्रकर्मीहरू नै बताउँछन् । 

वितरकले भने दुईवटाभन्दा धेरै चलचित्र रिलिज भए भने हलमा शो नपुग्ने बताउँदै आएका छन् । गएको दसैँमा तीनवटा नेपाली चलचित्र रिलिज भएका थिए । 

शो नपुग्दा चलचित्र राम्रो भए पनि अपेक्षित व्यापार गर्न नसक्ने वितरकको भनाइ छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १५:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro