site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पञ्चकन्या ग्रुपले ल्यायो गुणस्तरीय र आकर्षक बाथवेयरका सामान

काठमाडौं । नेपालको उद्योग क्षेत्रको एक औद्योगिक घराना पञ्चकन्या ग्रुपले वाथवयरका सामानहरु विधिवत रुपमा नेपाली बजारमा ल्याएको छ ।

नेपाल बाथवयर बजार लामो समयदेखि महँगो उत्पादन र सस्तो तर कम गुणस्तरको विकल्पमा रहेको् भन्दै यसलाई अन्त्य गर्न आफु बजारमा प्रवेश गरेको कम्पनीले बताएको छ ।

पञ्चकन्या ग्रुपले लामो समयको अनुसन्धानपछि ग्राहक वर्गहरुको आवश्यकतालाई ध्यानमा राखी बाथवयरका सामग्रीको बिक्री सुरु गरेको बताएको छ । जउसमा गुणस्तर र किफायती धारा, सावर र अन्य बाथवयर सामग्रीहरू छन्।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जर्मन प्रविधि र उत्कृष्ट डिजाईन सहित, पञ्चकन्या बाथवेयरले गुणस्तरीय, टिकाउ र सबैको पहुँचमा हुने बाथवेयर उत्पादनहरू उपलब्ध गराउने लक्ष्य राखेको छ ।

यसले नेपाली बजारमा उच्च गुणस्तरीय, नवीन र दिगो उत्पादनहरू पुऱ्याउने कम्पनीको प्रतिबद्धतामा यसले महत्वपूर्ण उपलब्धी हासिल गरेको छ ।

लक्जरी र गुणस्तरको नयाँ स्तर

एक वर्षको विस्तृत बजार अनुसन्धानपछि विकास गरिएको पञ्चकन्या बाथवेयर उच्च गुणस्तरले बनाइएको छ, ब्रास बाट बनेको क्रोम फिनिश उत्पादनलाई सुनिश्चित गर्ने कम्पनीको दाबी छ।

नेपालभरि बढ्दो उपस्थिति

पञ्चकन्या बाथवेयर अहिले नेपालभरि १० वटा वितरकहरुमार्फत उपलब्ध छ र कम्पनीको लक्ष्य नेपाली आर्थिक वर्षको अन्त्यसम्म पूर्वदेखि पश्चिमसम्म १०० वटा आउटलेटमा विस्तार गर्ने लक्ष्य रहेको बताएको छ ।

पञ्चकन्या ग्रुपको लक्ष्य

पञ्चकन्या बाथवेयरको उद्देश्य सबैलाई बाथरुमका लक्जरी सामग्रीहरुमा सहजता कायम गर्नु भएको बताएको छ । यसमा उत्कृष्ट धारा, सावर र अन्य सामानहरू छन्, जसले घरलाई सुन्दर बनाउनुका साथै किफायति पनि छन् ।

१० वर्षको वारेन्टी, आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित, पञ्चकन्या बाथवेयरले नेपाली बाथवेयर उद्योगमा नयाँ परिवर्तन ल्याउँने कम्पनीले जनाएको छ । यसले घरघरमा उत्कृष्ट गुणस्तर, स्टाइल र उचित मूल्यमा बाथवेयरका सामग्री उपलब्ध गराउने कम्पनीको भनाइ छ ।

पञ्चकन्या ग्रुपको बारेमा

पञ्चकन्या ग्रुपले नेपालमा विभिन्न विकास निर्माण कार्यको लागि उच्च गुणस्तर र दिगो समाधानहरू प्रदान गर्दछ। पञ्चकन्या बाथवेयरको परिचय कम्पनीको इतिहासमा एक अर्को महत्वपूर्ण कदम हो, जसले नेपाली उपभोक्ताको जीवनलाई सुधार्ने उत्पादनहरू उपलब्ध गराउने काम गर्दैछ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १३:५०
प्रतिक्रिया दिनुहोस्