site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री, राष्ट्रियसभामा पानीजहाजबारे विचार
प्रतिनिधिसभा बैठकको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्ने तय छ । राष्ट्रियसभा बैठक दिउँसो सवा १ बजे सुरु हुनेछ ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत रहेको संसद् सचिवालयले जनाएको छ ।

Dabur Nepal

यस्तै, ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ पेस गरिनेछ ।

बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्नेछन् । उनले ‘नेपाल प्रहरी विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव, ‘नेपाल प्रहरी विधेयक, २०८१’, ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ प्रस्तुत गर्नेलगायत सम्भावित कार्यसूची छ ।

राष्ट्रियसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेलगायत सम्भावित कार्यसूची छ ।

सम्भावित कार्यसूची पढ्नोस्–

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro