site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरालाई सुरक्षित सहर बनाउने एसपीको रहर, यस्ता छन् योजना
SkywellSkywell

काठमाडौं । पर्यटकीय नगरी पोखरालाई लागु औषध र अपराधमुक्त क्षेत्र बनाउन कास्की प्रहरी प्रमुख एसपी अशोक सिंह लागिपरेका छन् । ४ महिना अघिमात्र जिल्ला प्रहरी प्रमुख बनेर गएका सिंहले कार्यसम्पादन मूल्यांकनमा अब्बल ठहरिन १५ बुँदे कार्ययोजना बनाएर लागु गरेका छन् । 

अपराध नियन्त्रण र रोकथाम, लागु औषध नियन्त्रण, गुण्डागर्दी बन्द, ट्राफिक व्यवस्थापन, प्रहरीमैत्री प्रहरी सेवा आदि उनको कार्ययोजनामा छन् । 

सिंह भन्छन्, “पोखरा पर्यटकीय क्षेत्र हो, विश्वभरका मानिस यहाँ आउँछन् । हामीले यहाँ आउने पर्यटकलाई आफू सुरक्षित भएको महसुस गराउनुपर्छ र पोखराको इज्जतलाई बचाई राख्नुपर्छ” 

KFC Island Ad
NIC Asia

पोखरालाई अपराधमुक्त क्षेत्र बनाउने उनको विस्तृत कार्ययोजना छ । कार्ययोजना बनाउनुअघि उनले नागरिक समाजसँग सुझाव लिए । “योजना बनाउने मात्र हैन, कार्यान्वयनमा पनि उत्तिकै गम्भीर छौं । त्यसको परिणाम पछिल्लो ४ महिनाले दिइसकेको छ, यसलाई झनै उचाइमा पुर्याउँछौं,” आत्मविश्वासका साथ सिंह भन्छन्, “पोखरालाई शान्ति सुरक्षामा अब्बल बनाउँछु भनेर प्रहरी प्रमुखसँग बाचा गरेर हस्ताक्षर गरेरै आएको हुँ। आफ्नो अठोट पूरा गर्छु ।” २४ सै घण्टाजसो जागा रहने पोखराको लेकसाइड क्षेत्रमा उनी राति आफैं गस्तीमा पुग्छन् । 

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार ४ महिनामा ७ सय ९० जना विभिन्न अभियोगमा पक्राउ परेका छन् भने तीमध्ये ३ सय ७० जनाविरुद्ध विभिन्न कसुरमा मुद्दा दायर भएको छ । यसमा पनि सबैभन्दा बढी सार्वजनिक अपराधका मुद्दा छन् । लागु औषध, जुवा, चोरी–डकैती, सवारी ज्यान, मानव बेचबिखन, कालोबजारी, ज्यान मार्ने उद्योगलगायत अभियोगमा पनि मुद्दा चलाइएको एसपी सिंहले बताए । 

Royal Enfield Island Ad

पोखरामा लागु औषध प्रयोग निषेध गर्न पनि प्रहरीले विशेष कार्ययोजना बनाएको छ । लागु औषधको प्रयोग निरुत्साहित गर्न स्थानीय स्तरमा थुप्रै समूह बनाइएको एसपी सिंहले बताए । 

पोखरा क्षेत्रलाई सडक दुर्घटनारहित बनाउन र ट्राफिक व्यवस्थापन चुस्त गर्न प्रहरीले विभिन्न अभियान सञ्चालन गरेको छ । “पोखरालाई नो हर्न क्षेत्र घोषणा गरी त्यसलाई कार्यान्यवन गर्न हामी लागिपरेका छौं,” एसपी सिंहले भने, “सबै सरोकारवालासँग समन्वय गरेर काम गरिरहेका छौं । पोखराको भित्री ८ स्थानमा ट्राफिक आइल्याण्ड बनाएका छौं । यात्रु चढाउने र ओराल्ने ठाउँ छुट्याएका छौं । बढी भाडा लिने सवारीलाई कारबाही गर्दै आएका छौं । मापसे चेकजाँचमा पनि कडाइ गरिएको छ ।” उद्योग वाणिज्य संघसँगको सहकार्यमा १ सय १२ स्थानमा सीसीटिभी जडान गर्ने तयारी पनि भइरहेको उनले जानकारी दिए । 

१७ प्रहरी कारबाहीमा

एसपी सिंहले पोखरा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेयता १७ प्रहरी कारबाहीमा परेका छन् । “सईदेखि जवानसम्मका १७ जनाले आचरणविरुद्ध काम गरेको देखिएपछि हामीले अनुसन्धानपछि कारबाही गर्यौं । अरुलाई नराम्रो काम गर्नु हुँदैन भन्दै कानुन सिकाउने प्रहरीले नै त्यस्तो गर्न मिल्दैन,” सिंहले भने, “नराम्रो काम गर्नेलाई कारबाहीमात्र हैन, राम्रो काम गर्नेलाई पुरस्कृत पनि गरेका छौं । १४ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् ।”

सिपाहीको मेसमा एसपीको भोजन
मातहतका प्रहरीको व्यवस्था र उनीहरुको समस्या बुझ्न एसपी सिंहले महिनाको एक पटक सिपाहीको मेसमा खाना खाने गरेका छन् । आफ्नो क्षेत्रमा पर्ने विभिन्न प्रहरी युनिटमा गएर अनुगमन गर्ने तथा समस्या बुझ्ने गरेका छन् उनले । “महिनामा एकपटक भए पनि उनीहरुसँग बसेर छलफल गर्दा पनि धेरै फरक पर्ने रहेछ,” सिंहले सुनाए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ९, २०७४  ११:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro