site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विपीन रिहाइको पहल : इरानका विदेशमन्त्रीसँग फोनवार्ता 
विपीन जोशी । फाइल तस्बिर ।

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गरेकी छन् । त्यसक्रममा उनले प्यालेस्टाइनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका निम्ति पहल गरिदिन आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गए राति (माघ २४) परराष्ट्रमन्त्री राणाले इरानी विदेशमन्त्री अराघ्चीसँग कुराकानी गरेकी हुन् । अराघ्चीले आफूले विपीन रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएको परराष्ट्रको विज्ञप्तिमा जनाइएको छ ।

“त्यस अवसरमा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरूसँग अब हुने बैठकमा आफूले विपीन रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिनुभएको थियो,” विज्ञप्तिमा उल्लेख छ ।

इजरायल सरकार र हमासबीच गाजा युद्धविराम सम्झौताअन्तर्गत बन्धक रिहा गरिँदै छ । “हमासको नियन्त्रणबाट विपीनलाई मुक्त गर्न नेपाल सरकारले कूटनीतिक पहललाई जारी राखेको छ,” विज्ञप्तिमा भनिएको छ, “यसक्रममा मन्त्री डा. राणाले अघिल्लो हप्ता मात्र इजिप्टका विदेशमन्त्रीसँग पनि फोनवार्ता गरी सो अपिल गर्नुभएको थियो ।”

मन्त्री डा. राणाले यसअघि कतार र इजिप्टसँग विपीन रिहाइका निम्ति विशेष पहल गरिदिन आग्रह गरेकी थिइन् । केही हप्ताअघि उनले इजरायलका विदेशमन्त्रीसँग फोनवार्ता गरेकी थिइन् ।

इजरायलका निम्ति नेपाली राजदूत प्रा. डा. धनप्रसाद पण्डितले पनि केही दिनअघि त्यहाँका राष्ट्रपतिसँग फोनमा उक्त आग्रह गरेका थिए ।

“विपीनको रिहाइका लागि नेपाल सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ,” विज्ञप्तिमा उल्लेख छ, “मन्त्री डा. राणाले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरू र बैठकहरूमार्फत विपीनको रिहाइका लागि कूटनीतिक पहल गरिरहनुभएको छ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  ११:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro