site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चार खम्बा चलाए संविधान नै रहँदैन : राधेश्याम अधिकारी 
Tiktok banner adTiktok banner ad

काठमाडौं । वरिष्ठ अधिक्ता तथा राष्ट्रिय सभाका पूर्वसांसद राधेश्याम अधिकारीले संसद्को पुस्तक विमोचन गर्न पनि डोनर खोज्नुपर्ने अवस्था ठिक नभएको टिप्पणी गरेका छन् । 

सोमबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको ‘सरोकार दर्पण’ पुस्तक विमोचनमा उनले एजेन्सीको सहयोगमा मात्रै पुस्तक निकाल्नुपर्ने अवस्था आउनु दयनीय भएको बताए ।

‘‘एउटा पुस्तक निकाल्नका लागि संसद् र न्यायपालिकाका लागि अन्य डोनर एजेन्सीबाट सहयोग लिनुपर्ने हो भने योभन्दा दयनीय के हुन्छ ?’’ उनले भने, ‘‘यस्तो अवस्था आउनु ठिक होइन ।’’

उनले यस्ता पुस्तक निकाल्दा अरूबाट सहयोग पाए छाप्ने नचए नछाप्ने कुरा दुःखद् भएको उनको भनाइ छ । उनले संसद्को लाइब्रेरीलाई बलियो बनाउनुपर्ने बताए ।

‘‘लाइब्रेरी पनि बलियो बनाउनुपर्छ । लाइब्रेरी र अनुसन्धान बलियो नभई संसद बलियो हुँदैन,’’ उनले भने । 

सोमबार विमोचन भएको पुस्तक संसद् सहयोग परियोजना यूएनडीपी–पीएसपी नेपाल, द एसिया फाउन्डेसन, नेसलन डेमोक्रेटिक इन्स्टिच्युट, इन्टरनेसनल रिपब्लिक इन्स्टिच्युट, जनसंख्या र विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चलगायतको सहयोगमा प्रकाशन भएकाे हो । 

अधिकारीले  नेपालमा संघीयताबारे विभिन्न नकारात्मक धारणा मात्रै हाबी भएको पनि बताए । ‘‘संघीयताबारे धेरै नकारात्मक टिप्पणी भइरहेको छ,’’ उनले भने । नकारात्मक टिप्पणी गर्नेलाई संघीयता कसरी आयो ख्याल गर्न उनको आग्रह छ । 

‘‘संघीयता, गणतन्त्र, लोकतन्त्र र समावेशिता यो संविधानको चारवटा खम्बा हो । यो चलाउँदा संविधान रहँदैन,’’ अधिकारी अगाडि प्रश्न गर्छन्, ‘‘प्रदेश त्यसै आएको हो ?’’

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro