site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायली आक्रमणमा चार प्यालेस्टाइनीको मृत्यु

रमल्लाह । उत्तरी वेस्ट बैंकको जेनिन सहरमा इजरायलले गरेको दुई छुट्टाछुट्टै हवाई आक्रमणमा चार प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतले जनाएको छ ।

इजरायली ड्रोनले जेनिनको दक्षिणी कबाटिया सहरको केन्द्रमा एउटा गाडीलाई निशाना बनाएको थियो ।

गाडीमा भएको आक्रमणमा दुई प्यालेस्टिनी युवाको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले उक्त क्षेत्रमा बमबारीपछि दुईजना पीडितको शव र एकजना घाइतेलाई जेनिनको पूर्वी क्षेत्रबाट अस्पताल पुर्‍याएको बताएको छ ।

प्यालेस्टिनी सुरक्षा स्रोतहरूले एकै साथ इजरायली हवाई आक्रमणले मोटरसाइकललाई पनि निशाना बनाएको जनाएको छ, जसमा दुई अन्य युवाको मृत्यु भएको थियो ।

इजरायली सेनाले जेनिन शरणार्थी शिविरमा लगातार १२औँ दिनमा आक्रमण जारी राख्दा उक्त घटनाक्रमहरू आएका छन् ।

इजरायल र हमासबीच ६ हप्ताको युद्धविराम सम्झौता भएको थियो, जुन जनवरी १९ देखि लागु भएको थियो ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ अक्टोबर ७ देखि वेस्ट बैंकमा तनाव बढ्दै गएको छ, जसको परिणामस्वरूप इजरायली गोलाबारी र हवाई आक्रमणका कारण ८०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  २३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro