site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नक्कली नोटसहित युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । भारतीय नक्कली नोटसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका–१५, सुकनाहा बजारबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको सीतामढीका २७ वर्षीय मुकेशकुमार सोनी छन् । शनिबार साँझ (माघ १९) उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

उनका साथबाट प्रहरीले भारतीय ५०० दरको एक र १०० का २९ थान नक्कली नोट बरामद गरेको छ । सुकनाहा बजारस्थित किराना पसलमा मुकेशले सामान किनेपश्चात् नक्कली नोट दिएको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो ।

उक्त नक्कली नोट र उनले प्रयोग गरेको बीआर३०एई ३३९९ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro