site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ट्याक्टर दुर्घटनामा सहचालकको निधन 

गुल्मी । कालीगण्डकी गाउँपालिका–२ अर्बेनीबाट बिसौनातर्फ गइरहेको ट्याक्टर आज बिहान अनियन्त्रित भई सडकबाट अन्दाजी ५०–६० मिटर तल खस्दा एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा लु३त ५११२ नंको ट्याक्टरका सहचालक कालीगण्डकी –२ अर्बेनीका ५५ वर्षीय देवबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा घाइते भएका विकको उपचारका क्रममा गल्याङ नगर अस्पताल स्याङ्जामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए । 

दुर्घटनापछि चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १०:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro