site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना : पाँच ‘नेपाली’को मृत्यु, चार घाइते

काठमाडौं । भारतको उत्तर प्रदेशको प्रयागराजस्थित महाकुम्भ मेलामा सहभागी भएर घर फर्कने क्रममा बिहारको मुजफ्फरपुरमा सडक दुर्घटनामा परी पाँच ‘नेपाली’को मृत्यु भएको छ । शनिबार बिहान एउटा स्कोरपियो गाडी दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त गाडीमा नौजना सवार थिए । महिला–पुरुष गरी घटनास्थलमा पाँचजनाको मृत्यु भएको हो । गाडीमा सवार बालबालिकासहित चारजना गम्भीर घाइते रहेका र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उक्त गाडी कसैलाई बचाउने क्रममा अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीको अनुमान छ । घाइतेले आफूहरू सबै नेपालको महोत्तरी जिल्लाको भएको बताएको प्रहरीका तर्फबाट सञ्चारमाध्यमलाई जानकारी गराइएको छ ।

दुर्घटनालगत्तै घटनास्थलनजिक सयौँ मानिस भेला भएका थिए । उपचारका निम्ति घाइतेलाई त्यहाँको श्रीकृष्ण मेमोरियल मेडिकल कलेजमा भर्ना गरिएको छ । मृतकको सनाखत हुन बाँकी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
 

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro