site stats
बाह्रखरी :: Baahrakhari
देश
डीएसपी भन्दै ठगी गर्ने युवक समातिए

धनुषा । नेपाल प्रहरीको ‘डीएसपी (प्रहरी नायब उपरीक्षक)हुँ’ भन्दै ठगी गर्ने एकजनालाई शनिबार पक्राउ गरिएको छ ।

सिरहाको लहान नगरपालिका–२ का २० वर्षीय धनिकलाल साहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार, धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ का रमेश श्रेष्ठसँग आफू नेपाल प्रहरीको डीएसपी हुँ भन्दै नगद ५० हजार रुपैयाँ ठगेको आरोपमा निजलाई पक्राउ गरिएको हो ।

प्रहरी निरीक्षक यादवले भने, “साहले आफू डीएसपी भएको भन्दै रु ५० हजार ठगी गरेको बारे श्रेष्ठद्वारा प्रहरीमा दिएको जाहेरीका आधारमा निजलाई पक्राउ गरिएको हो ।”

साहमाथि ठगी कसुर मुद्दामा अनुसन्धान थालिएको उनले जानकारी दिए । रासस
 

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १७:५९
प्रतिक्रिया दिनुहोस्