site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादीमा लहर : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीका पक्षमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताएका छन् । शनिबार चितवनमा बृहत् पार्टी प्रवेश कार्यक्रममा उनले देशलाई माया र परिवर्तनलाई संस्थागत गर्ने अभियानमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले हाल देशभरि माओवादी पार्टी र यसको नेतृत्वका पक्षमा लहर देखिएको उल्लेख गरे । यसले आउँदो निर्वाचनमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने आधार फराकिलो बन्दै गएको उनले बताए ।

आफूले १८ महिना सरकारमा रहेर नयाँ अभियानको थालनी गरेको उनले जिकिर गरे । त्यसबाट डराएकाहरूले सरकारबाट हटाएको जनताले प्रस्ट रूपमा बुझिसकेको उनको भनाइ थियो ।

उनले पार्टीका तर्फबाट पनि यसबीचमा भएका कमजोरीको आत्मसमीक्षा गर्दै रूपान्तरणको थालनी गरिएको बताए ।

आफूले छिटै संसद्‌मा सम्बोधन गर्ने र वर्तमान राजनीतिक घटनाक्रमका बारेमा देशलाई जानकारी गराउने उनले उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले लामो समयदेखि राजनीतिक आन्दोलनमा संलग्न नेताहरूको प्रवेश र ध्रुवीकरणले माओवादी केन्द्रलाई बलियो बनाउने मात्र नभई मुलुककै अग्रगामी रूपान्तरणका निम्ति महत्त्वपूर्ण योगदान पुग्ने बताए । 

कार्यक्रममा उनले नेकपा (एकीकृत समाजवादी)का कृष्णराज न्यौपानेको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता–कार्यकर्तालाई स्वागत गरेका थिए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro