राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउने प्रक्रियामा विपक्षी दलले उठाएको प्रश्नको जवाफ दिएका छन् । आज प्रतिनिधिसभा बैठकमा उनले अध्यादेश संसद् नचलेका बेला ल्याइने संवैधानिक व्यवस्था भएको बताए ।
“अध्यादेश ल्याउने भनेको संसद् नचलेको बेलामा नै हो । संविधानले नै सदन नचलेका बेला अध्यादेश ल्याउने व्यवस्था गरेको छ, होइन र ?,” ओलीले प्रतिप्रश्न गरे ।
उनले देश विकास र सुशासनका विषयमा पनि पक्ष र विपक्ष भन्ने मानसिकता राख्न नहुने बताए ।
“हामी संसद्मा पो पक्ष–प्रतिपक्ष हौँ । देश विकास, सुशासन, नागरिकको जीवनस्तर सुधार्नेमा पनि पक्ष–विपक्ष हुन्छ र ?,” ओलीले सोधे ।
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१ १४:१३
प्रतिक्रिया दिनुहोस्