site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डको निर्देशन– शान्तिपूर्ण आन्दोलन हुनसक्छ, तयार रहनू

दाङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना नेता–कार्यकर्तालाई जनतासँगै खटिन निर्देशन दिएका छन् ।

माओवादी केन्द्र घोराहीको नगर अधिवेशन उद्घाटन तथा जिल्लास्तरीय पार्टी प्रशिक्षणलाई शनिबार घोराहीमा सम्बोधन गर्दै उनले विगतमा सत्तामा जाँदा सहिद, बेपत्ता तथा घाइते परिवारसँग सम्बन्ध टुटेको बताए । जनतासँग पनि सम्बन्ध पनि टुटेको उनले उल्लेख गरे ।

उनले विगतको गल्ती सच्याउन निर्देशन दिए । “विगतमा हामीमा धुलो लागेकै हो,” उनले भने, “अब हामी सच्चिनुपर्छ, सच्चिएर जनताको सेवामा लाग्नुपर्छ ।”

अहिले आफूले देशव्यापी रूपमा सहिद र बेपत्ताका परिवारसँग भेटघाट गरिरहेको तथा जनताको घरदैलोमा पुग्ने गरेको उनले बताए । उनले सबै नेता–कार्यकर्ता यसरी नै जनताका घरघरमा जान निर्देशन दिए ।

साथै, उनले प्राप्त उपलब्धिलाई रक्षा गर्नु अहिलेको आवश्यकता भएको बताए । उपलब्धिमाथि चौतर्फी प्रहार भइरहेको भन्दै उनले यसको रक्षाका निम्ति शान्तिपूर्ण आन्दोलन हुन सक्ने भन्दै त्यसका लागि तयार हुन समेत निर्देशन दिए । रासस

प्रकाशित मिति: शनिबार, माघ १२, २०८१  २२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro