site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकता नै राष्ट्र निर्माणको बलियो आधार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हल्लाका पछाडि नलाग्न आग्रह गरेका छन् । शुक्रबार बुटवल–गोरुसिंगे सडकखण्डको स्तरोन्नति कार्यको भर्चुअल माध्यमबाट शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले हल्लाका पछाडि नभइ भविष्यउन्मुख भएर कामका पछाडि लाग्न आग्रह गरे । उनले लोकतान्त्रिक बाटोबाट नै विकास सम्भव रहेको उल्लेख गरे ।

विविधताहरूलाई राष्ट्रिय एकतामा परिणत गर्दै अघि बढ्न जरुरी रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । एकता नै राष्ट्र निर्माणको बलियो आधार भएको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले भने, "म सम्पूर्ण नेपाली जनतालाई भन्न चाहन्छु, हल्लाका पछाडि होइन, कामका पछाडि सुन्दर भविष्यउन्मुख भएर हामी अघि बढौँ । लोकतान्त्रिक बाटो, यस बाटोलाई हामीले अगाडि लिएर जानुपर्दछ । यहाँ अस्थिरता बढ्न दिने, प्रतिगमन हुन दिने होइन । यहाँ जातजात, भूमि, भूमिका नाउँमा, भूगोल भूगोलका नाउँमा वा थर थरका नाउँदा, धर्म धर्मका नाउँमा अनेक प्रकारका विद्वेष फैल्याउन दिन होइन । हामी नेपालीहरू एकजुट भएर, एकतावद्ध भएर हाम्रा बीचका भिन्नताहरूलाई वा विविधताहरूलाई राष्ट्रिय एकतामा परिणत गर्दै हामी अगाडि बढ्नुपर्दछ । एकता नै राष्ट्र निर्माणको बलियो आधार हो । एकताबद्ध प्रयास नै मुख्य ग्यारेन्टी हो, हामीले देश निर्माण गर्नसक्छौँ भन्ने । हामी अघि बढिरहेका छौँ ।"

प्रधानमन्त्री ओलीले सम्पन्न भएका कामहरूप्रति खुसी प्रकट गर्दै छिटोभन्दा छिटो जनतालाई सेवा दिन पाइयोस् भन्ने सरकारको उद्देश्य रहेको बताए । सरकार स्थिरता, दृढ निश्चयका साथ विकास निर्माणका प्रयासमा अघि बढिरहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  २०:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro