काठमाडौं । अर्बौैं लगानी गरेका उद्योग बन्द हुने अवस्था भएपछि मूल्य बढाइएको सिमेन्ट उत्पादक संघले जनाएको छ । ६५ उद्योगमध्ये २२ वटा बन्द भएका कारण थप बन्द नहोस् भन्ने उद्देश्यले संघले साउनको तुलनामा मूल्य बढाएको जनाएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विषम परिस्थितिका कारण सिमेन्ट उद्योगहरूले नोक्सानीमा थप अवधि उद्योग सञ्चालन सक्ने अवस्था सिर्जना भएको संघको भनाइ छ । उद्योगले लिएको ऋणको व्याज र किस्ता तिर्न नाफा नभए पनि न्यूनतम उत्पादन लागतसम्म धान्न सक्ने गरी केही महिनायता आफ्नो उत्पादनको बिक्री मूल्यमा सामान्य वृद्धि गरेको संघको भनाइ छ ।
संघ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच ०८१ साउन महिनाको उद्योगहरूको बिक्री ५० केजी प्रतिबोरामा (मूअकबाहेक) ११५ रुपैयाँ मात्रै बढाएर बिक्री गर्न आफ्ना सदस्यहरूलाई अनुरोध गरेको छ ।