site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चेम्बरले गर्‍यो भन्सार अधिकृत भट्टराईलाई सम्मान

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका शाखा अधिकृत गोपालप्रसाद भट्टराईलाई सम्मान गरेको छ । भन्सार विभागको सिफारिसमा यो सम्मान गरिएको जनाइएको छ ।

सम्मान समारोहमा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले भन्सार प्रशासन सुधार गर्दै व्यापार सहज बनाउनु आवश्यक रहेको बताए । उनले मूल्यांकन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार रूपान्तरण गर्नुपर्ने र कर निर्धारणको स्पष्टता बढाउन हर्मोनिक कोडको पुनरवलोकन आवश्यक रहेको बताए ।

चेम्बरका पूर्वअध्यक्ष राजेन्द्र मल्लले भन्सार व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै अवैध व्यापार नियन्त्रण गर्न जोड दिए ।

वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले कारोबार मूल्यलाई प्राथमिकता दिँदा राजस्व संकलन वृद्धि गर्न सकिने धारणा राखे ।

अर्थसचिव रामप्रसाद घिमिरेले सरकार र निजी क्षेत्रको सहकार्यद्वारा नीति सुधारलाई प्रभावकारी बनाउनुपर्ने बताए । वर्तमान नीति तथा कानुनी चुनौती समाधान र व्यापारमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro