site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा वायु प्रदूषण उच्च, साँझसम्मै बढ्ने 
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंमा आज वायु प्रदूषण उच्च छ । वातावरण विभागका अनुसार बिहीबार ११ः३० बजे उपत्यकाका तीन स्थानको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) १५० भन्दा माथि छ ।
  
सबैभन्दा धेरै शखपार्कमा एक्यूआई १८३ पुगेको छ । त्यहाँको पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा बढेर ११२.८ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको रेकर्ड छ ।
 
सोही समयमा काठमाडौंको रत्नपर्क र लतिलपुरको खुमलटारमा पनि वायु प्रदूषणको तह अस्वस्थकर छ । ती स्थानको एक्यूआई क्रमशः १७१ र १५७ छ । उपत्यकाबाहिर धनकुटाको वायु अस्वस्थकर छ । त्यहाँ एक्यूआई १५३ र पीएम २.५ को मात्रा ६४.६ पुगेको छ । 

काठमाडौंमा आज साँझ ६ बजेसम्म नै वायु प्रदूषण बढ्ने विभागको पूर्वानुमान छ । साँझ ८ बजे काठमाडौंमा पीएम २.५ को औसत मात्रा ८४.२८३ पुग्नसक्ने विभागले जनाएको छ ।
 
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्ड अनुसार यी स्थान ‘अस्वस्थकर’को सूचीमा परेका छन् । वायुको गुणस्तर मापदण्ड अनुसार एक्यूआई १५० भन्दा माथि रहेको वायु अस्वस्थकर मानिन्छ । त्यसभन्दा माथि भए वायु अस्वस्थकर र जति एक्यूआई बढ्दै गयो उति घातक मानिन्छ ।

पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।

पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।
 

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro