site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
लस एन्जलसमा डढेलो, १९ हजार मानिस विस्थापित

काठमाडौं । अमेरिकाको लस एन्जलसको जंगलमा डढेलो फैलिएको छ । हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । 

अहिले आगो लागेको क्षेत्र सहरबाट ४५ किलोमिटर टाढा छ ।

कास्टिक ताल नजिकैको पहाडी क्षेत्रमा डढेलो लागेको हो । डढेलो लागेको स्थान नजिकै धेरै आवासीय क्षेत्र र विद्यालयहरू छन् ।

डढेलोले आठ हजार एकडभन्दा बढी क्षेत्र जलेको छ । तीव्र हावा र सुख्खा झाडीहरूले आगो बढाउन इन्धनको रूपमा काम गरिरहेका बीबीसीले जनाएको छ । 

आगलागीबाट हालसम्म घरमा क्षति नभए पनि करिब १९ हजार बासिन्दा उक्त क्षेत्र छाड्न बाध्य भएका छन् ।

आगो निभाउन दमकलहरूको प्रयोग गरिएको छ । आगलागी भएको एक साताभन्दा बढी भइसकेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  ०७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro