site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संघर्षरत बोरुसिया डर्टमन्डका प्रशिक्षक बर्खास्त

काठमाडौं । स्वभाविक लयका निम्ति संघर्षरत जर्मन क्लब बोरुसिया डर्टमन्डले मुख्य प्रशिक्षक नुरी साहिनलाई बर्खास्त गरेको छ ।

डर्टमन्डले मंगलबार राति च्याम्पियन्स लिगमा बोलोग्नाविरुद्ध २–१ को अप्रत्यासित हार बेहोरेको थियो । हार लगत्तै क्लब व्यवस्थापनले प्रशिक्षक साहिनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

पछिल्लो विन्टर ब्रेकयता डर्टमन्डले लगातार चार खेलमा हार बेहोरेको छ । यस्तै, च्याम्पियन्स लिगमा पनि डर्टमन्ड तीन खेलमा पराजित भइसकेको छ । जसका कारण गत वर्षको साविक उपविजेता समेत रहेको डर्टमन्डलाई अब सोझै नकआउट चरणमा पुग्न सख्तर डोनेक्सविरुद्ध जितको नतिजा आवश्यक छ ।

घरेलु लिग बुन्डेसलिगामा पनि खराब लयमा रहेको डर्टमन्ड तालिकाको १०औँ स्थानमा छ ।

साहिन सन् २०२४ को जुनमा डर्टमन्डको जिम्मेवारीमा आएका थिए ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro