site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एनआरएनएकाे नागरिकता अधिकार कार्यान्वयनमा पहल गर्छु : देउवा

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । आज मंगलबार देउवानिवास बूढानीलकण्ठमा भेटवार्ता भएको हो । 

भेटमा अध्यक्ष डा. केसीले सरकारले विदेशमा बस्ने नेपालीलाई गैरआवासीय नेपाली नागरिकता दिन थाले पनि त्यसको संविधानतः कार्यान्वयन नहुँदा समस्या परेको भन्दै समाधानका लागि पहल गरिदिन अनुरोध गरेका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संविधानले नै निर्दिष्ट गरेको अधिकार प्राप्तिका लागि पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि पछिल्लोपटक गैरआवासीय नेपालीलाई १० वर्ष भिसा शुल्क नलाग्ने भनेर अध्यादेश आउँदा विदेशमा रहेका नेपाली थप निरास भएको अध्यक्ष डा. केसीले बताए । 

सो अवसरमा पूर्वप्रधानमन्त्री देउवाले केही दिनमा सुरु हुने हिउँदे अधिवेशनबाटै संविधानले दिएका अधिकार कार्यान्वयनका लागि मार्गप्रशस्त गर्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । 

उनले भने, ‘‘संविधानले नै दिएको अधिकार हो, जे जति कारण कार्यान्वयन नभएको भए पनि आगामी हिउँदे अधिवेशनबाट यो विषय सम्बोधन होला, मैले गर्नुपर्ने पहल गर्छु ।’’

उक्त अवसरमा संघकी महिला उपाध्यक्ष रोजिना  प्रधान राईको समेत उपस्थिति थियो ।  

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्