site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वामदेवलाई पार्टीमा दिने भूमिकाबारे निर्णय गर्दै एमाले

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक आज अपराह्न ४ बजे बस्नेछ । 

बैठकमा एमाले प्रवेश गर्ने तयारीमा रहेका नेता वामदेव गौतमका विषयमा छलफल हुनेछ । गौतमलाई पार्टीमा के जिम्मेवारी दिने भन्नेबारे सचिवालयमा छलफल हुन लागेको हो । 

संसद्को दिउँसो अधिवेशनका विषयमा पनि छलफल हुने नेताहरूले जानकारी दिएका छन् । 

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक गौतम एमालेमा फर्किने तयारीमा छन् । आइतबार बिहान प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपीशर्मा ओलीसँग फोनवार्ता भएको थियो ।

फोन वार्तापछि उनले आफू एमालेमा नै जान तयार भएको प्रतिक्रिया दिएका थिए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  ०७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro