site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माघ दोस्रो साताबाट तीनदिने अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा सम्मेलन

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका अवसरमा अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा सम्मेलनको आयोजना गर्ने भएको छ । माघ १३, १४ र १५ गते अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस मनाउने तयारी भइरहेको सोमबार पत्रकार सम्मेलनको आयोजना गरी केन्द्रले जानकारी गराएको हो । 

सम्मेलनको पहिलो दिन यस क्षेत्रसँग सम्बन्धित समस्या, चुनौती तथा अवसरबारे सरोकारवालासँगको अन्तरक्रिया गर्ने केन्द्रले जनाएको छ । त्यसतै दोस्रो दिन नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता क्षेत्रको अवस्था, सरकारको प्राथमिकता तथा आवश्यकता सम्बन्धमा जानकारी गराउने, विकास साझेदारहरूको प्राथमिकता सम्बन्धमा जानकारी हासिल गर्ने एवं आगामी सहकार्य सम्बन्धमा विकास साझेदारहरूसँग छलफल गर्ने केन्द्रको भनाइ छ । 

अन्तिम दिनको कार्यक्रममा नेपालमा उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको विकासमा सघाउ पुर्‍याउने स्वच्छ ऊर्जा रूपान्तरणलाई तीव्रता दिनका लागि सरोकारवालाबीच अनुभव आदानप्रदान, लगानीको अवसरबारे अन्तरक्रिया एवं आवश्यक रणनीति तर्जुमाका लागि विभिन्न प्रस्तुति रहने केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले जानकारी दिए । 

ढकालका अनुसार सम्मेलनमा तीन सय ५० भन्दा बढीको सहभागिता रहनेछ । यसका लागि १० वटाभन्दा बढी विभिन्न संस्थाहरूको सहयोग रहने केन्द्रको भनाइ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  २३:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro