site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हमासले रिहा गर्ने बन्धकको सूची जारी गरेसँगै सुरु भयो गाजामा युद्धविराम

काठमाडौं । प्यालेस्टिन चरमपन्थी समूह हमासले रिहा गर्ने बन्धकको सूची जारी गरेसँगै गाजामा युद्धविराम सुरु भएको छ ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गर्दै गाजामा युद्धविराम सुरु भएको घोषणा गरेको छ ।

युद्धविराम स्थानीय समयअनुसार आइतबार बिहान ११ः१५ बजे बाट सुरु भएको छ ।

Dabur Nepal
NIC Asia

इजरायललाई रिहा गरिने तीन बन्धकहरूको नाम पठाउन हमासले प्राविधिक कारण ढिलाइ भएको बताएपछि युद्धविराम निर्धारित समयभन्दा तीन घण्टा ढिला सुरु भएको हो ।

पूर्वसहमतिअनुसार आइतबार बिहान ८ः३० बजेबाट युद्धविराम सुरु हुने भनिएको थियो । तर, हमासले रिहा गर्ने तीन बन्धकको नाम पठाउन ढिलाइ गरेपछि युद्धविराम तीन घण्टा ढिला गरी सुरु भएको हो ।

ढिला गरिएको तीन घण्टाको समयमा इजरायलले गरेका आक्रमणमा परी गाजामा १३ प्यालेस्टिनको मृत्यु ३० जना घाइते भएका थिए ।

हमासले आइतबार विहान रिहा गर्ने तीनजनाको नाम इजरायललाई पठाएपछि गाजामा युद्धविराम सुरु भएको हो । युद्धविराम सम्झौताअनुसार रिहा गर्ने बन्धकको नाम उनीहरूलाई रिहा गर्नु २४ घण्टाअघि सार्वजनिक गर्नुपर्ने हुन्छ ।

हमासले ७ अक्टोबर २०२३ मा दक्षिण इजरायलमा आक्रमण गरेपछि हमास र इजरायलबीच युद्ध सुरु भएको थियो । हमासले उक्त दिन इजरायलबाट नेपाली युवा विपीन जोशीसहित २५१ जनालाई बन्धक बनाएर लगेका थिए ।

हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गर्दा १० नेपाली युवासहित एक हजार २०० जना मारिएका थिए । त्यसपछि इजरायलले गाजामा गरेको जवाफी आक्रमणमा ५० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

यसैबीच इजरायल र हमासबीच युद्धबन्धी छोड्ने तथा युद्धविराम गर्ने सहमति बनेको थियो । कतार, इजिप्ट र अमेरिकाको पहलमा इजरायल र हमासबीच आइतबारबाट युद्धविराम सुरु भएको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro