site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युद्धविराम सम्झौता लागु नहुँदै नेतान्याहूले दिए चेतावनी, के भने ?

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यदि दोस्रो चरणको युद्धविराम वार्ता सफल नभएमा इजरायल हमासविरुद्ध युद्ध पुनः सुरु गर्न तयार रहेको बताएका छन् ।

गाजा युद्धविराम र बन्धक रिहाइ सम्झौता आजदेखि लागु हुनुअघि टेलिभिजनमा सम्बोधन गर्दै बेन्जामिन नेतान्याहूले युद्धविराम ‘अस्थायी’ भएको र इजरायलले गाजामा फेरि आक्रमण गर्ने अधिकार सुरक्षित राखेको बताए ।

नेतान्याहूले यसका लागि डोनाल्ड ट्रम्पको पनि समर्थन रहेको दाबी गरेका छन् ।

Dabur Nepal
NIC Asia

हमास नेता याह्या सिनवारको हत्याको स्मरण गर्दै उनले पछिल्लो १५ महिनामा इजरायली सेनाको सफलताको बारेमा बताएका थिए ।
आफूहरूले मध्यपूर्वलाई परिवर्तन गरेको उनले बताए । उनले दाबी गरे, “हमास अब पूर्ण रूपमा एक्लो छ ।”

बेन्जामिन नेतान्याहूले पहिले नै भनेका छन्– हमासद्वारा रिहा गरिने बन्धकहरूको सूची प्राप्त नगरेसम्म इजरायलले सम्झौता लागु गर्दैन ।

नेतान्याहूले भने, “इजरायलले सम्झौताको उल्लंघन सहन गर्दैन ।” हमासले रिहा गर्ने ३३ बन्धकहरूको सूची इजरायली मिडियाले पहिले नै जारी गरिसकेको छ, तर अधिकारीहरूले यसको पुष्टि गरेका छैनन् ।

इजरायली अधिकारीहरूले आइतबार रिहा गरिने तीन बन्धकहरूको नाम अझै प्राप्त नभएको बताएका छन् ।

यसैबीच, हमासले बुधबार युद्धविराम सम्झौताको घोषणा भएदेखि इजरायली हवाई आक्रमणमा १२० जनाको मृत्यु भएको बताएको छ । 

युद्धविरामको सम्झौता अनुसार आइतबार तीनजना महिला बन्धक रिहा हुनेछन् । यसको बदलमा इजरायलले ३० जना प्यालेस्टिनी कैदी रिहा गर्नेछ ।

इजरायल र हमासबीच भएको यो युद्धविरामको सम्झौता तीन चरणमा लागु हुनेछ । पहिलो चरणमा हमासले महिला, बालबालिका र ५० वर्षभन्दा माथिका बन्धक रिहा गर्ने बताएको छ । (बीबीसीबाट) 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  १२:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro