site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौं जिल्ला अदालतमा हाजिर भए पूर्वडीआईजी जोशी
छविलाल जोशी । फाइल तस्बिर ।

काठमाडौं । पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका अभियुक्त जोशी आइतबार अदालतमा उपस्थित भएका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनीसहितका व्यक्तिविरुद्ध संगठित रूपमा ठगीको अभियोगमा मुद्दा दायर गरिएको छ । जोशीविरुद्ध यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा समेत मुद्दा चलेको थियो ।

कास्की अदालतमा उनी ८८ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको थियो ।

उनीसँगै प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग कास्की अदालतले ६५ लाख र जिल्ला अदालत काठमाडौंले ६० लाख रुपैयाँ धरौटी मागेको थियो । धरौटी रकम बुझाएर लामिछाने रिहा भएका छन् ।

कास्की अदालतले धरौटीमा छाडेको एक सातापछि मात्र जोशी काठमाडौं अदालतमा उपस्थित भएका हुन् । कास्की अदालतले गएको बिहीबार धरौटी लिएर छाड्ने आदेश गरेको थियो ।

प्रकाशित मिति: आइतबार, माघ ६, २०८१  ११:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro