site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हिउँ पन्छाएर सिमकोट विमानस्थलमा हवाई सेवा सञ्चालन
फाइल तस्बिर ।

सिमकोट (हुम्ला) । हिउँ पन्छाएर हुम्लाको सिमकोट विमानस्थलमा शुक्रबार (आज)देखि हवाई सेवा सञ्चालनमा ल्याइएको छ ।

विमानस्थलको धावनमार्गमा जमेका हिउँ पन्छाएर हवाई सेवा सञ्चालन गरिएको सिमकोट विमानस्थल प्रमुख महेन्द्र सिंहले बताए । बिहीबार बिहानदेखि जिल्लामा हिमपात भएको थियो ।

शुक्रबार बिहान नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीले संयुक्त रूपमा विमानस्थलको धावन मार्ग, पार्किङस्थल लगायतका हिउँ पन्छाएको हो ।

हिउँ पन्छाउने बित्तिकै नेपालगञ्जबाट सीता र समिट एयरले उडान भरेको विमानस्थल प्रमुख सिंहले बताए । हिमपातका कारण दुई दिनदेखि सदरमुकाम सिमकोट जोड्ने सडक अवरुद्ध छन् । रासस

 

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro