site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
इप्पानको रजत जयन्तीमा ऊर्जा विकाससम्बन्धी फोटो प्रदर्शनी

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को रजत जयन्तीको अवसरमा ऊर्जा विकासमा केन्द्रित फोटो प्रदर्शनी गरिएको छ । इप्पान र फोटो पत्रकारहरूको संस्था (पीजे क्लब)को सहकार्यमा आयोजित फोटो प्रतियोगिताबाट छानिएका ५० उत्कृष्ट तस्बिर प्रदर्शनीमा समावेश गरिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदर्शनीको अवलोकन गर्दै प्रतियोगिता विजेताको घोषणा गरे । ऊर्जामन्त्री दीपक खड्का र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पनि प्रदर्शनी अवलोकन गरेका थिए । प्रतियोगितामा सुरविन्द्रकुमार पुनले खिचेको तस्बिरले प्रथम स्थान प्राप्त गरेको छ । किरण पाण्डेले दोस्रो स्थान हात पारे भने अनिता कार्की तेस्रो भइन् ।

विजेताहरू प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ३०, २० र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ । प्रदर्शनीलाई दुई खण्डमा विभाजन गरिएको पीजे क्लबका अध्यक्ष द्वारिका काफ्लेले जानकारी दिए । पहिलो खण्डमा स्वतन्त्र व्यक्ति तथा कम्पनीहरूले पठाएका तस्बिरलाई इप्पान र पीजे क्लबका प्रतिनिधिसहितको स्वतन्त्र निर्णायक मण्डलले छनोट गरेर राखिएको थियो । दोस्रो खण्डमा इप्पानसँग आबद्ध सदस्य कम्पनीहरूले प्रवर्द्धन गरेका आयोजना तथा परियोजनाका तस्बिर समेटिएका थिए ।

ऊर्जा विकासलाई कलात्मक दृष्टिकोणले प्रस्तुत गर्न यो प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेलेको छ । इप्पानका सदस्य कम्पनीहरूको योगदान र स्वतन्त्र फोटोग्राफरहरूको सृजनशीलतालाई एकै थलोमा समेटेर ऊर्जा विकासका विविध आयाम उजागर गरिएको थियो ।

इप्पानले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै ऊर्जा क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro