site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रपतिले गरे द्रुतमार्गको अवलोकन, भौतिक प्रगति ३७.६० प्रतिशत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौं तराई÷मधेस द्रुतमार्ग सडक आयोजना’को अवलोकन गरेका छन् ।

नेपाली सेनाका अनुसार राष्ट्रपति पौडेलले शुक्रबार द्रुतमार्ग आयोजनाअन्तर्गत विभिन्न स्थानहरूको हवाई तथा स्थलगत अवलोकन गरेका हुन् ।

“भ्रमणको दौरान राष्ट्रपतिले आयोजनाको हालसम्मको प्रगतिका बारेमा जानकारी लिनुका साथै लेनडाँडा तथा धेद्रेमा निर्माणाधीन सुरुङ मार्ग, पुल तथा स्लोप प्रोटेक्सनका साथै आयोजनाको विभिन्न स्थानहरूको हवाई अवलोकन गर्नु भएको थियो,” नेपाली सेनाले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

द्रुतमार्ग निर्माणको काम नेपाली सेनाले गरिरहेको छ । सेनाका अनुसार द्रुतमार्ग सडक आयोजनाको हालसम्मको समष्टिगत भौतिक प्रगति ३७.६० प्रतिशत र वित्तीय प्रगति ३९.५६ प्रतिशत रहेको छ ।

राष्ट्रपतिले द्रुतमार्गको अवलोकन गर्दा प्रधानसेनापति अशोकराज सिग्देल, आयोजना प्रमुख, मध्यपृतनापति, मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

विभिन्न १३ वटा प्याकेज रहेको काठमाडौं–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको हाल निर्माणाधीन १२ वटा प्याकेजअन्तर्गत रहेका सातवटा सुरुङमध्ये धेद्रे तथा लेनडाँडामा रहेका दुईवटा सुरुङ छिचोलिई सकिएको छ ।

महादेवटारस्थित सुरुङ मार्गको निर्माण कार्य ६५ प्रतिशत सम्पन्न भएको छ । साथै चन्द्रामभिर स्थित सुरुङको निर्माण कार्य सुरु भएको छ र अन्य तीनवटा सुरुङको डिजाइन तथा पूर्वतयारीको कार्य भई रहेको सेनाले जनाएको छ ।

“उक्त आयोजनामा निर्माण गर्नुपर्ने ८९ वटा पुलमध्ये ८० वटा पुलको निर्माण कार्य भई रहेको छ भने पाँचवटा पुलको निर्माण कार्य सम्पन्न भई सकेको छ,” नेपाली सेनाले विज्ञप्तिमार्फत भनेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro