site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डोल्पामा ‘रेकर्ड ब्रेक’ तापक्रम
दुनै बजार । फाइल तस्बिर : रासस ।

काठमाडौं । सन् २०२४ को डिसेम्बरमा डोल्पाको दुनैमा ‘रेकर्ड ब्रेक’ तापक्रम मापन गरिएको छ । दुनै स्टेसनमा विगतका डिसेम्बर महिनामा मापन गरिएका न्यूनतम तापक्रमको रेकर्ड तोडिएको हो । त्यहाँ डिसेम्बरमा ‘अत्यधिक न्यूनतम तापक्रम’ मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

गएको डिसेम्बर २१ मा दुनै स्टेसनमा –८ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरिएको थियो । डिसेम्बरका निम्ति त्यो ३९ वर्षयताकै कम भएको विभागले जनाएको छ ।

यसअघि, सन् १९८५ डिसेम्बर २८ मा उक्त स्टेसनमा –७ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरिएको थियो ।

गएको डिसेम्बरमा दुनै स्टेसनमा मापन गरिएको औसत तापक्रम –५.९ डिग्री सेल्सियस रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १३:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro