site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुईजिब्रे प्रवृत्तिबाट जनता आजित भइसकेको कुरा ध्यानमा राखौँ : मुकुल ढकाल
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री मुकुल ढकालले नेपालमा कानुन निर्माणको प्रक्रिया झन्झटिलो भएको बताएका छन् । बुधबार सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, "प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुँदा हामी सरकारमा रहेको बेला हामीले पनि थुप्रै अध्यादेशको योजना बनाइरहेका थियौँ । अहिले हामीकहाँ कानुन निर्माणको यस्तो पद्धति छ की, जो सरकारमा भए पनि अध्यादेश ल्याउनेमा ध्यान जान्छ ।"

उनले लोकतन्त्रका पक्षमा बोल्ने, वा विपक्षले पनि अध्यादेशको प्रक्रियाको विरोध गर्नुको सट्टा कानुन निर्माणको जटिलताका बारेमा बोल्नु उपयुक्त हुने बताएका छन् । यसरी बोल्दा भविष्यमा आफैँ सरकारमा हुँदा पनि अध्यादेश ल्याउने बाध्यता हटाउने गरी बोल्नुपर्ने जोड दिएका छन् ।

"उदाहरणका लागि प्रस र रासका दुई फरक समितिको साटो संयुक्त समिति बनाउन सकिन्छ । विरोधका नाममा विरोध गर्नाले कतै पनि पुगिन्न । अर्को कुरा, पोहोर साल हिउँदे अधिवेशन कहिले बोलाइएको थियो रे ? प्रतिपक्ष हुँदा एउटा, सरकारमा हुँदा अर्को, त्यस्तो दुईजिब्रे प्रवृत्तिबाट जनता आजित भइसकेको कुरा ध्यानमा राखौँ," उनले लेखेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०८१  २२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro