site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रपतिले एकपटक अध्ययन नगरी अध्यादेश जारी गर्नुपर्छ भन्ने छैन : प्रधानमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै जारी भएको अध्यादेशले समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षालाई छिटै पूरा गर्न दत्तचित्त भएको सन्देश दिएको बताएका छन् ।

बुधबार सिंहदबारमा आयोजित पत्रकार सम्मेलनमा उनले अत्यन्त जरुरी भएका २९ वटा कानुन संशोधन गरेर मन्त्रिपरिषद्ले सिफारिस गरिएको र राष्ट्रपतिले जारी गरेको बताए ।

“अहिलेको सरकार जनतालाई सेवा प्रवाह गर्नेदेखि लिएर सुशासनका पक्षलाई सुदृढ गतिशील प्रभावकारी बनाउने । सुशासनका सबै पक्षमा ध्यान दिने । विकासका कामलाई अघि बढाउने र समृद्ध नेपाल, सुखी नेपालको आकांक्षा छिटो पूरा गर्न दत्तचित्त छ भन्ने सन्देश दिएको छ,” उनले भने ।

उनले भूमिसम्बन्धी अध्यादेश राष्ट्रपतिले जारी नगर्नुलाई अध्यादेश रोकियो भन्ने शब्द नै नमिल्ने बताए । “एकपटक नपढीकन राष्ट्रपतिले जारी गनुपर्छ भन्ने छैन । उहाँले अध्ययन गर्नुहुन्छ । अध्ययन गर्न लगाउनुपर्छ । भूमिसम्बन्धी अध्यादेश रोकियो भन्ने शब्द मिलेन अपव्याख्या हो,” ओलीले भने ।

उनले कांग्रेसका सभापति शेरबहादुर देउवाको नक्कली हस्ताक्षर गरेर सत्य तोडमोड गर्ने काम भएको बताए । उनले कांग्रेसको शीर्ष नेतृत्व, ब्युरोकेस्रीको शीर्ष र उद्यमी व्यवसायीसहितका कुरा सुनेर समस्या समाधानको ध्यान दिएर नै अध्यादेश जारी गर्नुपरेको सुनाए ।

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १७:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro