site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
स्वार्थका लागि विरोध गर्नेबाहेक अरूले विकास चाहेका छन्  : प्रधानमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वार्थका लागि जतिबेला पनि विरोध गर्नेहरूबाहेक अरूले विकास र सुशासन चाहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघसहित निजी क्षेत्रका संघसंस्थासँगको भेटमा प्रधानमन्त्री ओलीले देश बनाउने भावना सबैमा रहेको बताए ।

उनले सरकार ढल्ने भनेर बजारमा हल्ला चलाइए पनि सत्ता गठबन्धनमा रहेका दलहरू भने नीति निर्माण सुधारका लागि प्रभावकारी ढंगले कदम चालिरहेको बताए । सुशासन र विकाससँग सम्बन्धित व्यवहारिक र अनुकूल नीति ल्याइए समृद्धि असम्भव नहुने ओलीको भनाइ छ ।

Dabur Nepal
NIC Asia

प्रधानमन्त्रीलाई भेट्न निजी क्षेत्रका प्रतिनिधि बुधबार बालुवाटार पुगेका थिए । भेटमा ओलीसहित उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकसहित अन्य मन्त्रीको उपस्थिति थियो ।

निजी क्षेत्रका प्रतिनिधिहरूले कोभिड–१९ पछि संकुचित भएको अर्थतन्त्रलाई उकास्न अहिले जारी भएका अध्यादेश प्रभावकारी हुने बताएका थिए । उनहरूले आवश्यक नियमावली र कार्यविधि पनि छिट्टै ल्याउन माग गरे ।

सरकारको सिफारिसमा राष्ट्रपतिले पुस २९ गते चार अध्यादेश जारी गरेका थिए । भूमिसम्बन्धी अध्यादेश आउन जारी हुन बाँकी छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro