site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रवि लामिछानेका वकिलले भने– मुद्दाको आधार छैन, तारेखमा छोड्नुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सहकारी ठगीका आरोपित रवि लामिछानेलाई साधारण तारेखमा छाड्न माग गरिएको छ । थुनछेक बहसका क्रममा बुधबार काठमाडौं जिल्ला अदालतमा वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्तले लामिछानेलाई रिहा गर्न माग गरेका हुन् ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेका तर्फबाट पन्तको बहस सकिएको छ । उनले लामिछानेविरुद्ध मुद्दाको आधार नभएको जिकिर गरे ।

“वादी नेपाल सरकारले बाँकी चार मुद्दामा छुट दिएर परिवारको जिम्मा लगाएर तारेखमा छोड्नुपर्छ,” इजलासमा उनले भने ।

Dabur Nepal
NIC Asia

लामिछानेलाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गरेको भन्दै उनले काठमाडौंबाट पनि परिवारको जिम्मामा छोड्न माग गरे ।

लामिछानेका तर्फबाट रमन श्रेष्ठले पनि बहस गर्नेछन् । त्यसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । यी सबैपछि लामिछानेका विषयमा अदालतबाट आदेश हुनेछ । अदालतले साधारण तारेख, धरौटीमा रिहा वा पुर्पक्षका निम्ति थुनामा पठाउनेमध्ये एक आदेश गर्नेछ ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ ।

उक्त मुद्दामा सोमबार सरकारी वकिल कार्यालयका तर्फबाट नौजनाले बहस गरेका थिए । सोही दिन जाहेरवालाका तर्फबाट डा. सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरेका थिए ।

थुनछेक बहस बाँकी रहेकाले उक्त दिन उनलाई अदालतले न्यायिक हिरासतमा पठाएको थियो । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको थियो ।

यही पुस २५ गते कास्की जिल्ला अदालतले लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । धरौटी रकम बुझाएर सोही दिन उनी थुनामुक्त भएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro