site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विक्रममाथि आक्रमणका ‘योजनाकार’ लक्ष्मी र रमेश बेलायतमा

काठमाडौं । नुवाकोटका घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमणका ‘योजनाकार’मध्येका दुई अभियुक्त बेलायत पुगेको खुलेको छ । धरानकी लक्ष्मी राई र धादिङका रमेश सिलवाल बेलायत पुगेको प्रहरी अनुसन्धानका क्रममा खुलेको हो । उनीहरू दुवैजनालाई फरार सूचीमा राखेर सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।

उनीहरूकै योजनामा विक्रममाथि गएको कात्तिक ११ गते लाजिम्पाटस्थित उनकै कार्यालयअगाडिको इनोभा अस्पतालको पार्किङमा अन्धाधुन्ध रड प्रहार गरिएको प्रहरीले जनाएको छ । विक्रममाथि आक्रमणलगत्तै उनीहरू बेलायत उडेको खुलेको हो ।

लक्ष्मीसित नेपाल र बेलायत दुवै देशको पासपोर्ट भएका कारण सजिलै भागेको प्रहरीको अनुमान छ । उनकै योजनामा रमेश समेत बेलायत पुगेका हुन् । उनीहरू बेलायतमा सँगै रहेको प्रहरीको दाबी छ ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार, लक्ष्मीविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा किर्ते र राहदानी कसुरमा उजुरी परेको छ । लक्ष्मी विवादित महिला हुन् ।

लक्ष्मी आक्रमणमा परेका विक्रमका दाइ दिपेशकी पूर्वपत्नी हुन् । उनकै योजनामा विक्रममाथि आक्रमण गरिएको प्रहरीको निष्कर्ष छ ।

विक्रममाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गर्ने समूहविरुद्ध प्रहरीले संगठित अपराध मुद्दामा अनुसन्धान गरेको थियो । तर, जिल्ला सरकारी वकिल कार्यालयले संगठित अपराध हटाएर ज्यान मार्ने मुद्दा मात्र दर्ता गराएको छ ।

प्रहरीले घटनामा योजनाकारका रूपमा पक्राउ गरेर अनुसन्धान गरी मुद्दा चलाउनुपर्ने राय दिएका टीका भण्डारी र पदम राईलाई भने उन्मुक्ति दिइएको छ । भण्डारी गण्डकी प्रदेशसभाका तत्कालीन सांसद एवं पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)का सहयोगी हुन् ।

विक्रममाथि आक्रमणमा भण्डारी र राईको पनि संलग्नता देखिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेर अनुसन्धान गरेको थियो । तर, उनीहरूले सरकारी वकिल कार्यालयबाट नै उन्मुक्ति पाएका छन् । विक्रममाथि आक्रमण गर्न उनीहरू योजनाबद्ध रूपमा लागेको खुलेको प्रहरीले जनाएको छ ।

विक्रममाथि आक्रमण गर्ने र योजनाकार सातजनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । मुद्दा दर्ता गरिएका मध्ये हाल गोरखाका २८ वर्षीय निश्चल सुनार, गोरखाकै सिजन अधिकारी र नुवाकोटका मार्सल भनिने शैलेन्द्र तामाङ मात्र थुनामा छन् । भण्डारी र राई छुटिसकेका छन् ।

लक्ष्मी र रमेशबाहेक आक्रमण गर्ने नुवाकोटका ४० वर्षीय अजय लामा र गोरखाका दीपक बरामु फरार छन् । उनीहरू भारत भागेको प्रहरीको आंशका छ । सरकारी वकिल कार्यालयले अभियुक्तहरूलाई १० वर्ष जेल सजायको माग गरेको छ ।

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro