site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खो खो विश्वकपमा नेपाली महिला टिमको सानदार सुरुआत 

काठमाडौं । भारतमा जारी खो–खो विश्वकपमा नेपाली राष्ट्रिय महिला टिमले विजयी सुरुआत गरेको छ । 

मंगलबार भएको प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाली टिमले भुटानविरुद्ध ९३–२४ को सहज जित निकालेको हो । विश्वकपमा नेपाली महिला टिम समूह ‘सी’ मा छ । यो समूहमा नेपालसँगै भुटान, श्रीलंका, जर्मनी र बंगलादेश छन् । 

नेपालले अब दोस्रो खेलमा आजै जर्मनीसँग खेल्ने तालिका छ । यी दुई टिमबीचको खेल आज नेपाली समयअनुसार ४ः१५ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगितामा नेपाली पुरुष टिम पनि सहभागी भएको छ । पुरुष टिम भने सोमबार भएको पहिलो खेलमा भारतसँग ४२–३७ ले पराजित भएको थियो ।

पुरुष टिमले आज नै ६ः४५ बजे पेरुसँग खेल्ने तालिका छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १५:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro