site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आर्मीविरुद्ध ब्याटिङ गरिरहेको पुलिसले कटायो ५० रन
Tiktok banner adTiktok banner ad

काठमाडौं । जय ट्रफी पुरुष इलाइट कपको फाइनलमा नेपाल पुलिस क्लबविरुद्ध ब्याटिङ गरिरहेको त्रिभुवन आर्मी क्लबले मध्यम सुरुआत गरेको छ ।

मंगलबार पर्साको वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको पुलिसले ११ ओभरको खेल सकिँदा एक विकेट गुमाएर ५९ रन बनाएको छ । 

पुलिसबाट हाल क्रिजमा रहेका कुशल भुर्तेल ३४ र अमित श्रेष्ठ १९ रनमा खेलिरहेका छन् । त्यअघि पुलिसका ओपनर दिलीप नाथ शून्यमा पभेलियन भएका थिए ।

चार टोली सहभागी रहेको प्रतियोगितामा पुलिस शीर्ष र आर्मी दोस्रो स्थानमा रहँदै फाइनलमा आइपुगेका हुन् ।

प्रतियोगितामा सहभागी वाग्मती र मधेस प्रदेश भने क्रमशः तेस्रो र चौथो स्थानमा रहँदै बाहिरिएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  १५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro